Story
तमुधी यूके ट्रेलवाल्कर टिम २०२६
११–१३ सेप्टेम्बर २०२६
तमुधी यूके आफैंमा एउटा स्थापित परोपकारी संस्थाको नाम हो। यस संस्थाले नेपालका विभिन्न विकट गाउँबस्तीहरूमा शैक्षिक, स्वास्थ्य, सामाजिक तथा मानवीय आपत्–विपतका बेला समस्याको सान्दर्भिकताको पहिचान गरि निरन्तर योगदान पुर्याउँदै आईरहेकोछ।
यसै क्रममा, यस पटक "तमुधी यूके ट्रेलवाल्कर टिम २०२६" मार्फत च्यारिटी रकम संकलन गरि गोर्खा वेलफेयर ट्रष्ट लाई बुझाउनु पर्ने अनिवार्य रकम चुक्त गरि बाँकी रकम, कास्की जिल्लाअन्तर्गत माछापुच्छ्रे गाउँपालिकाको वडा नं. ७ धम्पुसस्थित श्री उदय माध्यमिक विद्यालय तथा कास्कीकै मादी गाउँपालिका–२ अन्तर्गत रोहिंफाँटमा अवस्थित श्री नारायणी आधारभूत विद्यालयका विविध प्राबिधिक समस्याहरु सहजीकरण गरी विद्यालयको शैक्षिक स्तरोन्नति उकास्ने योजनामा थोरै भए पनि सहयोग गर्ने उद्देश्य राखिएको कुरा सबैमा जानकारी गराउन चाहन्छौँ।
साँचो अर्थमा गुणस्तरीय शिक्षाबिना समाजको समुचित विकास र दक्षजनशक्ति उद्धपादन सम्भव छैन।
त्यसैले, सदाझैँ यस पटक पनि यस विद्यालयका विद्यार्थी भाइबहिनीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने महान् कार्यमा सक्दो आर्थिक सहयोग गरिदिनुहुन सम्पूर्ण सहयोगी मनहरू,व्यापार-ब्यवसयीहरु, सामाजिक सँघसस्था, परोपकारी सँस्थाहरू लगायत समाजका हरेक तह र तप्कामा रहनुहुने आदरणीय महानुभावहरुमा सादर अनुरोध गर्दछौँ।
अनुरोधक:
तमुधी यूके तथा
तमुधी यूके ट्रेल वाल्कर टिम २०२६
तपाईको सहयोगको लागि धेरै धेरै धन्यवाद I
